क्वालिटी इन्टरटेनमेन्ट अवार्डको फाराम खुला

काठमाडौं । डेढ दशकदेखि नेपाली फिल्म, म्यूजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीतसंगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मसले ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गर्ने भएको छ ।

फिल्मसका अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताए । अवार्डको लागि असार १७ बाट फाराम खुलाइएको छ ।

क्वालिटी फिल्मसको कार्यालय अनामनगर र अनलाईनमार्फत अवार्डको फारम भर्न सकिने छ । अवार्डको फारम १५ साउनसम्म बुझाईसक्नु पर्ने आयोजकले जनाएका छन् ।

अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ । गीत संगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई अवार्ड प्रदान गरिने छ ।

यस्तै फिल्म विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेशन विधामा फेशन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिने भएको छ ।

यो अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्तसम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, फिल्म, सट फिल्म, फेशन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिन पाउने छन् ।