डिभोर्सपछि छोरासँग कारगिलमा रमाउदै आमिर दम्पती

मुम्बई(एजेन्सी) । अभिनेता आमिर खान र उनकी श्रीमति किरण रावले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरे । उनीहरुको झगडासम्मका कुरा सञ्चारमाध्यममा नआइरहँदा एक्कासी डिभोर्सको विज्ञप्ती आउँदा सबै चकित परे ।

उनीहरु के कारणले अलग्गिने निर्णय गरे भन्ने कुरा यो जोडीबाहेक अरु कसैलाई थाहा छैन । यो जोडी यतिबेला कारगिलमा छन् । जहाँ फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ भइरहेको छ । उनीहरुसँग छोरा आजाद पनि छन् ।

गत वर्ष यो फिल्म रिलिज हुने कुरा भए पनि कोभिड महामारीका कारण फिल्मको सुटिङ पुरा नभएपछि कारगिलमा फिल्मको अन्तिम सुटिङ भइरहेको छ । गत मे महिनादेखि त्यहाँ सुटिङको तयारी गरिएपछि आमिर अहिले कारगिलमै छन् ।

उनीहरुले शनिबार विज्ञप्ती निकाल्दा आफूहरुको सम्बन्धमा परिवर्तन आए पनि व्यावसायिक सम्बन्धमा परिवर्तन नहुने जानकारी दिएका थिए । यो फिल्ममा किरण राव निर्मात्री छिन् ।