विनोद र सशिकाको एकैसाथ यो झरीमा

काठमाडौ । ‘नेपाली तारा सिजन ३’ का गायक विनोद राई र ‘द भ्वाइस अफ नेपाल सिजन २’ की गायिका सशिका राईको नयाँ गीत ‘एकैसाथ यो झरीमा’ सार्वजनिक भएको छ ।

गीतमा इन्दु तामाङको शब्द, देवेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टरिङ रहेको छ ।

फराज अर्पण निर्देशित भिडियोमा प्रविन राई र अञ्जना बराइली फिचर्ड छन् । भिडियोमा फराजकै छायांकन र सम्पादन छ ।