तीज गीतमा संगीताको फनफनी

काठमाडौं । गायिका संगीता शिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमेँ फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

तिलक बस्नेतको संगीत र स्वर रहेको र एरेन्जर सुदीप सागरको एरेन्ज रहेको गीतमा नृत्य निर्देशक शिव विकको निर्देशन रहेको छ ।

गीतमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटी फिचर्ड छन् । अफिसिएल म्युजिक भिडियोलाई बीके एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो ।