तीजमा खुमन र सुनिताको नाचिदेउ पुतली

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको ‘नाचिदेउ पुतली’सार्वजनिक भएको छ ।

नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियोमा सुधीर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन् । भिडियो एसपी म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।