तिमी छौ रमा पूर्ण र नन्दिता

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ । गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन् ।

भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । म्युजिक भिडियोमा मोडल लम्साललाई नायिका नन्दिता केसीले साथ दिएकी छिन् ।

भिडियोमा नायिका केसी निकै खुलेकी छिन्। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।