रानीको कमाल किरिमको

काठमाडौं । गायिका रानी शाक्य आधुनिक डान्सिङ गीत ‘कमाल किरिमको’ लिएर प्रस्तुत भएकी छन् । बाबुल गिरीको संगीत रहेको गीतमा रानीलाई गायक सम्राट चौलागाईले साथ दिएका छन् ।

सुधीर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, शिलन लम्सालको सम्पादन र प्रथम छेत्रीको निर्देशन रहेको छ ।

भिडियो रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।