मिडिया अवार्ड गर्दै ड्रिम हाई

काठमाडौ । विभिन्न ठुला इभेन्ट गर्दै आईरहेका ड्रिम हाई नेपालले ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपालको मिडिया क्षेत्रमा देखिरहेका उतारचढाबलाई मुल्यांकन गरी राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले मिडियाका विविध स्वरुप र विधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो ।

रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटी गरिने अवार्ड ‘सेलिब्रेटिङ्ग विथ चेन्जमेकर्स’ थिमका साथ कार्यक्रम हुन लागेको आयोजक ड्रिमहाई नेपालका अध्यक्ष कमल जिसीले जानकारी गराएका छन् ।

सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरूको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल््यांकन गरी विजेताको घोषणा गरिने आयोजकको भनाइ छ ।

नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलोपटक अवार्ड हुन लागेको उनको भनाई छ । सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले यस अघि नेपथ्य कन्सर्ट, अनमोल इभेन्ट लगायत केही समय पहिले ‘नेफ्टा’ अवार्ड आयोजना गरेको थियो ।