इन्दिराको एकलौटी बजारमा आभाष

काठमाडौं । गीतकार इन्दिरा चेम्जोङको ‘एकलौटी बजार’ बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक सशक्त नारी हस्ताक्षर हुन् ।

उनले यस अघि पनि ‘अर्को जन्म’ बोलको एल्बम साथै नेपाली तथा लिम्बुभाषी गरि धेरै गीतहरु सांगीतिक बजारमा स्रोता, दर्शक सामु पस्किसकेकी छन् । गीतकार चेम्जोङले न्युयोर्क अमेरिकाको प्रवास बसाईमा रहदै बजारमा ल्याएकी उक्त ‘अर्को जन्म’ एल्बमले धेरै स्रोता दर्शकहरुको मन जित्न सफल भएर मायाँ पाएको थियो ।

यस्तो शब्द रहेको ‘एकलौटी बजार’मा बाबुल गिरीको संगीत तथा एरेन्ज र गायक आभास क्षेत्रीको आवाज रहेको छ भने सम्पादन विश्व भण्डारीको रहेको छ ।

इन्दिरा चेम्जोङ नामक अफिसयल युट्युब च्यानलबाट बजारमा सार्बजनिक भएको ‘एकलौटी बजार’ बोलको भिडियो सहितको प्रेमील बियोगान्त गीतले पनि आम स्रोता, दर्शकको मन जित्न सफल हुनेछ भन्ने कुरामा विस्वास रहेको उनले बताएकी छन् ।