रिभेन्जको टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘रिभेन्ज’ को टिजर सार्वजनिक भएको छ । टिजरमा कलाकार रविन श्रीलाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको फिल्ममा प्रेम र द्वन्द्वलाई मुख्य रुपमा केन्द्रीत गरिएको छ ।

अमनकुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । नारीलाई कमजोर सम्झिने माथि प्रहार गरिएको फिल्म प्रदर्शनको लागि तयार भएको निमार्ण पक्षले बताएको छ ।

फिल्ममा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य, सानू हबिकको ड्रोन विश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ ।

फिल्ममा रोशन बिसि, रबिन श्री, रेनु थापा, विशाल अग्रवाल, खगेन्द्र घिमिरे, गंगा कुँवर, पदम सुनार र अम्बिका खड्काको अभिनय रहेको छ । शंकर अधिकारी घायल, सुभाष गौतम,हरि मानन्धरको गीत सन्तोष प्रगाढ, पूर्ण सापकोटा ,राजु लामाको संगीत फिल्ममा छ ।