सुनिता र तानामको लिम्बु गीत

ललितपुर । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा लिम्बु भाषाको गीत ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमीप्रेमिका बिचको माया र स्नेहलाई भौतिक शरीरले छोडेर माया कहिले नमर्ने दर्शाइएको छ ।

साइमन लिम्बूको रचना, जेपी नेम्बाङको संगीत, टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको भिडियोमा विमला खजुम लिम्बू, साइमन लिम्बू, तानाम तान्छो लाओती, झरना लिम्बूले अभिनय गरेका छन् ।

हाङ चेम्जोङ निर्देशित भिडियोमा सोम मगरातीको श्रृंगार, नागिन धिमालको ड्रोन, अनिल रानाको सम्पादन, तिलक रिजालको छायांकन छ ।