हेर्दा हेर्दैमा भुवन र रञ्जिता

काठमाडौं । नयाँ गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

गीतमा कृष्ण काफ्ले र रिता केसीको स्वर छ । भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् । रञ्जिताको यो डेब्यु भिडियो हो ।

सुमन दाहाल निर्देशित भिडियोमा विकास गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन र पवन गौतमको छायांकन छ ।

भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।