दिनेशको डन २ मा राजेशपायलको बग्यो त्रिशुली

काठमाडौं । निर्माता तथा निर्देशक दिनेश पाख्रिनको २०६३ सालमा प्रदर्शनमा आएको फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनको निर्देशनमा बन्न लागेको फिल्ममा समावेश हुने गीतमा गायक राजेशपायल राईले स्वर दिएका छन् ।

विकास चौधरीको संगीतमा बनेको गीत ‘बग्यो त्रिशुली’ पुतलीसडकस्थित मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा राईको स्वरमा रेकर्ड गरिएको हो । रोमान्टिक फ्लेबरको गीतमा हरी उप्रेतीको शब्द छ ।

दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा निर्मल लामा, विक्रम तामाङ र हेलेन पाख्रिन छन् ।

दिनेश पाख्रिनकै कथा रहने फिल्मको कलाकार फाइनल भई सकेको तर सम्झौता हुन बाँकी रहेकोले अहिले सार्वजनिक गर्न नमिल्ने पाख्रिनले बताए । गोपालकाजी कायस्थले वितरण गर्ने फिल्म दशैंपछि फ्लोरमा जानेछ ।

एक्सन जनरामा निर्माण हुने फिल्मको सम्पूर्ण टिम र कलाकारको बारेमा छिट्टै जानकारी गराउने निर्माता निर्मलले बताए ।