रानी र चन्द्रको अक्कले

काठमाडौं । गायिका रानी शाक्य र गायक चन्द्रसिंह घलेको नयाँ डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक भएको छ । गीतमा चन्द्रसिंह घलेको शब्द र संगीत तथा निरज श्रेष्ठको एरेन्ज छ ।

भिडियोमा बिना राउत र अमृत ढुंगाना फिचर्ड छन् । भिडियोमा हरि घलेको छायांकन, दिन्सन शाहको कलर ग्रेडिङ र फराज अर्पणको सम्पादन र निर्देशन रहेको छ ।

भिडियो रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन् ।