लोक सेलोमा प्रदीपको खै त तिम्रो बुट्टे सारी

काठमाडौं । गायक प्रदीप लामाको नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक सेलोमा आधारित गीतमा हस्त लामा ‘हार्दिक’को शब्द र संगीत छ । गीतमा जोगलाल लामाको संगीत संयोजन छ ।

भिडियोमा भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन् । सुर्य लामाको छायांकन र सम्पादन रहेको भिडियोमा निर्मलकुमार लामा ‘बिजी’को निर्देशन छ ।

गायक लामाको आधिकारिक च्यानल प्रदिप लामा अपिÞmसिएलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।