गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण गरेका छन् ।

बारा जिल्लाका तत्कालिन बहालवाला प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरीका एसपी बलराम पोखरेल सवार जीप २०७५ साल माघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा हुँदा एसपी पोखरेलको घटनास्थलमै र प्रजिअ भट्टराईको उपचारको क्रममा २०७५ फाल्गुण ६ गते निधन भएको थियो ।

भट्टराईको सम्झनामा गठन गरिएको गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् आजीवन प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले गरेका थिए ।

समालोचक प्राडा कुमारप्रसाद कोइरालाले ग्रन्थकाबारेमा समालोचनात्मक टिप्पणी गर्दा पोखरा विश्वविद्यालयका पूर्व उप–कुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईलगायतले भट्टराईको बहुआयमिक व्यक्तित्व र उनीसँगका सहकार्यका अनुभूतिहरूका बारेमा चर्चा गरेका थिए ।