मेलिना र आरकेको सपनीमा

काठमाडौं । गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समावेश छ ।

म्युजिक भिडियोमा गायक कमल खत्रीको ‘आत्मामा’ बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ‘ड्रिम गर्ल’ अभिनेत्री एवम् मोडल आश्मा गिरी फिचर्ड छन् ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा विवेक सुनारको सम्पादन र बिभोर पोखरेलको निर्देशन छ । मोडल शर्माको आधिकारिक च्यानल विश्व शर्मा मार्फत भिडियो सार्वजनिक गरिएको हो ।