र्‍यापर खोज्न नेपहपको श्रीपेच

काठमाडौं । नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी सो हो । टिमले नेपालका केही ठुला सहरहरूमा गएर पनि अडिसन लिने जानकारी गराएका छन् ।

साथै कोरोनालाई मध्य नजर गर्दै सबै ठाउँमा अडिसन लिन पनि नमिल्ने भएकाले उक्त सोमा सहभागी हुन चाहाना हुनेहरूले डिजिटल अडिसनबाट पनि भाग लिन सक्ने छन् ।

यस सो डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको हो । भोटिङ पार्टनरको रूपमा आ .एम. इ पे रहेको छ भने डिसहोम फाइबर नेट र आ .एम. इ रेमिट सहयोगी प्रायोजकको भूमिकामा रहेका छन् । सोमा निर्णायकको रूपमा र्‍यापर बालेन शाह र गिरिस् खतिवडासँग सम्झौता भएको छ भने एक जना जज सँग भने कुरा भइरहेको टिमले बताएका छन् । उक्त जज् चाहिँ को हुन्छ भनेर चाहिँ खुलाइएको छैन ।

उक्त रियालिटी सोको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।