टेलिभिजन कलाकार बखतेको निधन

काठमाडौं । टेलिभिजनमा ‘बखते’का रुपमा परिचित हाँस्य कलाकार शम्भुराज थापाको निधन भएको छ । झण्डै एक महिनादेखि पाटन अस्पतालमा कोरोना संक्रमणको उपचार गरिरहेका ६४ वर्षे थापाको शनिबार बिहान ४ः४० मा निधन भएको हो ।

थापाले टेलिफिल्म ‘हल्का रमाइलो’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मह सञ्चार’, ‘मेरी बास्सै’लगायतका टेलिफिल्ममा अभिनय गरेका थिए ।

उनले केही टेलिभिजन र विज्ञापनमा समेत अभिनय गरेका थिए । उनको परिवारमा श्रीमति, एक छोरो र एक छोरी छन् ।