तीजको रमझममा अनुको ठुम्का

काठमाडौं । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शब्दमा तीज गीत ‘तीजको रमझम’ सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको स्वर रहेको गीतमा विकास चौधरीको संगीत छ ।

भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ । भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, वीरबहादुर थारुको सम्पादन र उषा मलाह सिम्रनको निर्देशन छ ।