दीपिकाको निर्देशनमा म माया गर्छु

काठमाडौं । म्युजिक भिडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपिका भट्टले आफुलाई पुनः भिडियो निर्देशनमा कमव्याक गराएकी छिन् । उनले निर्देशन गरेको ‘म माया गर्छु’ बोलको गीतको भिडियोलाई हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

दीपिकाको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भीडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् ।

रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको छ ।