हजारौंमा तिमीलाईमा रविन र पूर्णिमा

काठमाडौंं । ‘म तिम्रो सहर छोडी टाढा’, ‘ पुरानो डुङ्गा’ लगायत थुप्रै चर्चित गीत दिएका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौमा तिमीलाई’सार्वजनिक भएको छ ।

मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शीलु अधिकारीको युगल स्वर छ ।

गीतको भिडियो समेत निर्माण भएको छ । जसमा रविन शाह र पूर्णिमा मगरको अभिनय देख्न सकिन्छ । प्रेमकथा बुनिएको भिडियोमा रविन शाहले नै निर्देशन गरेका हुन् ।

बीबी थापा इन्टरटेन्मेन्टको यूट्यूब मार्फत सार्वजनिक गीतमा दिनेश पराजुलीको छांयाकन, अमृत चापागाईको सम्पादन छ ।