संगीतकर्मीलाई साधना म्यूजिक अवार्ड

काठमाडौं । सामना म्युजिक क्रियशनले राजधानीमा शुक्रबार आयोजना गरेको ‘दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड’मा विभिन्न विधाका स्रष्टाले अवार्ड जितेका छन् । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिँदा गायक कृष्णभक्त राईलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको थियो ।

अवार्डमा लोक तथा दोहोरी गीत विधाबाट ‘शीत’का लागि गायिका विष्णु माझीले ‘सर्वोत्कृष्ट लोकदोहोरी’, ‘सुन्तला गुलियो’का लागि सुजन लम्सालले ‘सर्वोत्कृष्ट शब्द’, ‘सोझोपन’का लागि रामु खड्काले ‘सर्वोत्कृष्ट लय’, ‘मयााकै नाम प्यारो’का लागि रमेशबाबु थापाले ‘सर्वोत्कृष्ट शब्द (नवप्रतिभा)’, ‘छुर्पी चौरी गाईको’का लागि दामोदर भण्डारीले ‘सर्वोत्कृष्ट लय (नवप्रतिभा)’ विधातर्फको अवार्ड जिते ।

यस्तै ‘वनपालेको लोरी’का लागि नेत्र भण्डारीले ‘सर्वोत्कृष्ट गायक’, ‘वनकी चरी’का लागि देवी घर्तीले ‘सर्वोत्कृष्ट गायिका’, ‘मनचरी’का लागि रितु तामाङले ‘सर्वोत्कृष्ट गायिका (नवप्रतिभा)’, ‘आज मुटु’ का लागि शिरि पौडेलले ‘सर्वोत्कृष्ट मोडल पुरुष (अभिनय)’, ‘स्यानु मायालु’का लागि सञ्चिता शाहीले ‘सर्वोत्कृष्ट मोडल महिला (अभिनय)’को अवार्ड चुमे ।

यसैगरी ‘लाममाया छपक्कै’का लागि शंकर बिसीले ‘सर्वोत्कृष्ट मोडल पुरुष (नृत्य)’, ‘आए छैली’का लागि टीका जैशीले ‘सर्वोत्कृष्ट मोडल महिला (नृत्य)’, ‘लाइदिमकी मोहनी’का लागि काजीश श्रेष्ठले ‘सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जिते ।

यस्तै आधुनिक विधामा ‘पीडा’का लागि रामचन्द्र ढकालले ‘सर्वोत्कृष्ट गीतकार’, ‘मैले बोल्नै जानिन’का लागि वीरेन्द्रकुमार बलामीले ‘सर्वोत्कृष्ट नवगीतकार’, ‘उदास जवानी’का लागि सन्तोष श्रेष्ठले ‘सर्वोत्कृष्ट संगीतकार’, ‘भुपु माया २’का लागि प्रमोद खरेलले ‘सर्वोत्कृष्ट गायक’ र ‘कति माया’का लागि प्रविशा अधिकारीले ‘सर्वोत्कृष्ट गायिका’को अवार्ड पोल्टामा पारे ।

यसैगरी ‘भुपु माया २’का लागि सनम कठायतले ‘सर्वोत्कृष्ट मोडल पुरुष’, ‘एक पल्ट भन २’ का लागि अप्सना थापाले ‘सर्वोत्कृष्ट मोडल महिला’, ‘बारीको वनमारा’का लागि राज तामाङले ‘सर्वोत्कृष्ट मोडल पुरुष (नवप्रतिभा)’, ‘जसलाई म आफ्नो’का लागि सुजल बलमे ‘सर्वोत्कृष्ट मोडल महिला (नवप्रतिभा)’, ‘आमा’का लागि सम्राट चौलागाईंले ‘सर्वोत्कृष्ट गायक (नवप्रतिभा)’, ‘छोडेर नजाउ’का लागि एलिना चौहानले ‘सर्वोत्कृष्ट गायिका (नवप्रतिभा)’, ‘मुखैमा राम राम’का लागि सुनिल कटुवाल र मेलिना राईले ‘सर्वोत्कृष्ट युगल गीत’, ‘अरुलाई माया’का लागि अञ्जन शर्माले ‘सर्वोत्कृष्ट निर्देशक’ को अवार्ड सुरक्षित गरे ।

यसैगरी ‘राम कसम’का लागि शम्भु चालिसे ‘सर्वोत्कृष्ट छायाँकार’, ‘कोशौ टाढा’का लागि विकास दाहाल ‘सर्वोत्कृष्ट सम्पादक’, ‘ओए काजल’का लागि केशव बडुले ‘सर्वोत्कृष्ट एरेञ्जर’ अवार्ड जिते ।

जुरी अवार्डतर्फ कृष्ण रेउले ‘सर्वोत्कृष्ट लोक गीत’, उषा सुवेदीले ‘सर्वोत्कृष्ट मोडल अभिनय’, पीएन सापकोटाले ‘सर्वोत्कृष्ट मोडल नृत्य’, रिना थापाले ‘सर्वोत्कृष्ट बेष्ट मोडल’ र अभिषेक खड्काले ‘इनकरेजमेन्ट अवार्ड’ पाए । विजेताहरुलाई गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीलगायतले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान गरिएको थियो ।