विभिन्न व्यक्तिलाई रिबनको सम्मान

काठमाडौं । रिबन इन्टरटेनमेन्टले स्थापनाको सातौं वार्षिकोत्सवको अवसर पारेर नेपाली फिल्म, संगीत, पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई शनिबार सम्मान गरेको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा अभिनेता धिरेन शाक्य, रंग पत्रकार जीवन पराजुली, गीतकार दयाराम पाण्डे, संगीतकारहरु अर्जुन पोखरेल, दिपक शर्मा, चलचित्र निर्देशकहरु सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, म्यूजिक भिडियो निर्देशक विधान कार्की, समाजसेवी अनुप के. बराल, व्यवसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बु, कलाकारहरु प्रेम पाण्डे, प्रदीप बास्तोला, साक्षी लम्साल, गायिका सरिता भारती, रंग संयोजक रेनिश फागो, कोरियोग्राफर रामजी लामिछाने, सम्पादकहरु भुपेन्द्र अधिकारी, शाहिल खान, छायाँकार सौरभ लामालगायत छन् ।

उपराष्ट्रपति झाले कला क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तित्वहरुलाई सम्मानित गर्न पाउँदा खुशी व्यक्त रे । झाले कला क्षेत्रमा काम गर्नेहरु राजनीति गर्नेभन्दा धेरै माथी रहेको बताउँदै कलाकर्मीहरु समाज परिवर्तनका संवाहक रहेको बताए ।

कार्यक्रममा नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको उपस्थिति थियो ।