एक लाखमा बिक्यो सलमानको तावल

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता सलमान खानले फिल्ममा प्रयोग गरेको तावल लिलामीमा बिक्री भएको छ । फिल्म ‘मुझसे शादी करोगी’को गीत ‘जीने के है चार दिन’मा उनले प्रयोग गरेको तावल १ लाख ४२ हजार रुपैंयाँमा बिक्री भएको हो । डेभिड धवन निर्देशित फिल्ममा प्रियंका चोपडा र अक्षय कुमारको पनि अभिनय थियो ।

सन् २००४ मा रिलिज फिल्म ‘मुझसे शादी करोगी’ अमरिश पुरी र डेविड धवनको अन्तिम सहकार्य थियो । फिल्ममा सलमानले कपाल लगाएका थिए । केही दृश्य हलिउड फिल्म ‘मीट द पेरेण्टस्’को कपि थियो ।

फिल्म मुख्य रुपमा तेलुगु फिल्म ‘नी प्रेमगाई’बाट प्रेरित थियो । फिल्ममा गोवा हिस्साको सुटिङ मुम्बई र मोरिससमा गरिएको थियो ।