आमाको लागि द मम–ब्युटी कन्टेस्ट

काठमाडौं । आमा भइसकेका नारी र महिलाहरुको क्षमताको विकास गर्न मोडल सङ्स नेपालले ‘द मम् –व्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि आयोजकले आवेदनसमेत खुला गरेको छ ।

मोडल सङ्सले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थासहित भाद्र १८ गते शुक्रबारदेखी प्रतियोगिताको आवेदन खुला गरेको हो ।

प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरुले अनलाइनमार्फत वा मोडल सङ्सको कार्यालय कामपा–२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए ।

‘इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’, उनले भने । सहभागीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तालिम प्रशिक्षण दिनेछन् ।