फिल्ममा आउदै देल्बिस र राज

काठमाडौं । नेपाली फिल्म तथा संगीत क्षेत्रमा दोश्रो पुस्ताको राम्रै उपस्थिति देखिइ रहेको समयमा निर्माता दिनेश दर्शनधारी र निर्माता यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रमा प्रवेश गर्दै छन् ।

यी दुई छिट्टै एउटा म्युजिक भिडियोमार्फत कला क्षेत्रमा प्रवेश गर्न लागेका हुन् । नियमित रुपमा फिल्म निर्माणमा लागि रहेका निर्माताद्वय दर्शनधारी र राईको निर्माणमा फिल्म ‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भई सकेको छ भने नयाँ फिल्मको निर्माण कार्य पनि प्रारम्भ भई सकेको छ । यी दुईलाई छिट्टै ठुलो पर्दाको फिल्ममा ट्री मिडियाले डेब्यु गराउदैछ ।

दुवैजना अहिले विभिन्न प्रशिक्षण लिइरहेका छन् । सफल फिल्मकर्मीका छोरा छोरीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रै स्थान बनाई रहेका छन् ।

फिल्मकर्मीको छोरा छोरी भएर मात्र होइन आफुमा क्षमता पनि भएकोले यो क्षेत्रमा अघि बढ्न लागेको देल्बिस र राज रोहनले बताए । यी दुई मोभिल्याण्ड ग्रुप अफ कम्पनीको बोर्ड अफ डाइरेक्टर पनि हुन् ।