कुशे औशीमा विकासको शुभकामना

काठमाडौं । नेपाली संस्कृति, सम्मान र परम्परा विश्वमै सम्मान छ । संस्कार, धर्म एवं परम्परा र मान्यता आफ्नै आफ्नै होलान् । सबै जातजातिको एउटै सुत्र संस्कार हो । नेपालीको पहिचान हो ।

कुशे औशी अर्थात बाबुको मुख हेर्ने अवसर पारेर विकाश घले गुरुङ्ले ‘शुभकामना’ शिर्षकमा गीत लिएर आएका छन् । रेड ओशियन इन्टरटेनमेन्टबाट गीत रिलिज गरिएको छ ।

गीतमा गायक शिव परियारको स्वर, विकास घले गुरुङको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतमा राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ छ ।

गीतको भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा र विप्लव गुरुङको अभिनय छ । भिडियोमा विकासकै कथा, निर्देशन, सम्पादन तथा रंग संयोजन छ भने विशाल ढुंगानाको छायांकन छ ।