बालबालिकामाझ संगीतकार दीपकले मनाए जन्मदिन

काठमाडौं । ‘सुनन चम्पा’, ‘पिरेम नलाउने’, ‘पहिलो नम्बरमा’, ‘पर्ख पर्ख मायालु’सहित कैयौं हिट गीत नेपाली संगीत क्षेत्रका दिएका संगीतकार दीपक शर्माले अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाएका छन् ।

जन्मदिनको अवसरमा संगीतकार दीपक मंगलबार बिहान काठमाडौंको मुलपानीमा कलाकार सुलेमान शंकर ‘इकु’ले सञ्चालन गरेको स्नेह आश्रममा पुगेका थिए । आश्रममा रहेका तीनै १४ जना बालकालिकासँग उनले खाना खाएर आफ्नो जन्मदिन मनाए ।

सोही क्रममा त्यहाँका बालबालिकहरुको लागि उनले आर्थिक सहयोगसहित विभिन्न पाठ्यसामग्री तथा स्टेशनरी सामग्रीहरु पनि प्रदान गरे । अनि ती बालबालिकाहरुलाई आफ्ना थुप्रै गीत सुनाएर उनले मनोरञ्जन दिए । उनीसँग त्यहाँ आश्रित १४ जना बालबालिका पनि खुसीले नाचेका थिए ।

आफुले जन्म दिन गर्ने फजुल खर्चले उनले त्यहाँका बालबालिकालाई विभिन्न सामग्री किनिदिएका छन् । केक काट्दै जन्म दिन मनाउनु भन्दा अनाथ बालबालिकाहरुलाई केही सहयोग गर्दै जन्म दिन मनाउँदा खुसी लागेको उनले बताएका छन् ।