मुनाको अहिलेको तीजमा

काठमाडौं । गायिका मुना रोक्काको सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक भएको छ । तीज पर्व संघारमा रहेकोले आजभोलि जताततै नेपाली नारीहरु एकआपसमा भेला भई नाचगानको कार्यक्रमलाई तिब्रता दिन थालेका छन् ।

स्वास्थ्य मापदण्डको उचित पालना गर्दै अग्रज कलाकार, संगीतकार भीमलाल महर्जनद्वारा संगीतबद्ध तीज गीत बजारमा सार्वजनिक गरिएको हो । गीतमा गायिका रोक्का र समुहको स्वर रहेको छ भने शब्द दिपक प्रेमी, एरेन्ज सुरज माली, मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ ।

अहिलेको तीजमा घरमै बसौ, सावधानी अपनाऔँ, सुरक्षित तरिकाले तीज मनाऔ भन्ने सन्देश रहेको गीतको म्युजिक भिडियोमा खुशी अधिकारी, रेखा स्त्री, सुस्मिता लामा, भगवती बुढाथोकी लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ भने निर्देशन कमल राईले गरेका हुन् ।

सनराईज फिल्मी संसारको दोश्रो प्रस्तुति अशोक खड्काको निर्माणमा तयार पारीएको भिडियोमा छांयाकन उमेश नेवा, सम्पादन गौतम राज खड्का र मेकअप रवी के. सी.को रहेको छ ।