अरुणाको सम्झनामा हाँसी हाँसी

काठमाडौं । गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको शब्द र कुन्दनराज सुब्बाको संगीत छ । यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडियोमा शिल्पा पोखरेल र आयुश छेत्री (प्रिन्सेस)को अभिनय छ ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुष छेत्रीको निर्देशन छ ।

यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ । बुहारीको नाममा देशैभरी फैलिएको संस्था मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले महिला हिंसाविरुद्धको अभियानलाई फरक शैलीमा अत्यन्त प्रभावकारी रुपमा अघि बढाएकी छन् ।