चेपाङ कथा देखाउदै अस्तित्वको लडाईं

काठमाडौं । निर्देशक गोविन्द गौतमको निर्देशनमा बन्ने फिल्म ‘अस्तित्वको लडाईं’ को मुहुर्त गरिएको छ । मकवानपुरको चैनपुर राक्सिराङमा फिल्मको मुहुर्त गरिएको हो ।

चेपाङ समुदायको कथामा बन्न लागेको फिल्मको कथा निर्देशक गौतमले नै लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता सुवास काफ्लेले दशैं तिहार पछिबाट छायांकन सुरु हुने बताए ।

सरीता फिल्मस्को व्यानरमा सरीता ढुंगाना निर्माता रहेको फिल्म नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो । फिल्ममा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानिया अनुबन्धित भई सकेका छन् । अन्य कलाकारहरु भने छनोटको क्रममा छन् ।

फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशक, रोशन श्रेष्ठको द्वन्द्व, महेश पौडेलको छायांकन छ ।