चैतमा ए मेरो हजुर ४

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुने भएको छ ।

फिल्मका निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत फिल्मको पूर्वनिर्धारित रिलिज मिति भदौ १८ बाट पछि हटेर चैत २५ मा रिलिज गर्ने जानकारी दिएका छन् ।

सुनील र झरनाले विस्तारै कोरोना कहर कम हुँदै गएको र नेपाल सरकारले फिल्म हलहरु खोल्न अनुमति दिएकाले विस्तारै फिल्म क्षेत्र पनि चलायमान हुने कुरामा आशावादी रहेको उल्लेख गरेका छन् ।