सर्वत पानीलेमा सुधीर र अलिशा

काठमाडौं । गायक खेम सेञ्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘सर्वत पानीले’को भिडियो सार्वजनिक भएको छ । लोक दोहोरी फ्लेभरको गीतमा शब्द र संगीत संगीत नेत्र अर्यालको रहेको छ ।

भिडियोमा सुधीर श्रेष्ठ र अलिशा बास्तोला फिचर्ड छन् । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन र पदमको सम्पादन छ ।

सागर प्रधानले निर्माण गरेको भिडियो एस पी म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।