हिमाल सागरको एकादेशको कथा

काठमाडौं । गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘एकादेशको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस गीतमा श्याम पराजुलीको शब्द र सञ्जय हमालको संगीत संयोजन छ । अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा छायांकन गरिएको भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओली फिचर्ड छन् ।

प्रविन मानन्धरको सम्पादन रहेको भिडियोमा दिलकृष्ण श्रेष्ठको निर्देशन छ । यमुना लम्साल प्रस्तुतकर्ता रहेको भिडियोको निर्मात्री विष्णु मैनाली लम्साल हुन् ।

पीएण्डएच प्रोडक्सनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।