रोहितको सांगीतिक भन्देउ हजुर

इटहरी । गीतकार रोहित घिमिरेको गीत ‘भन्देउ हजुर’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिमा केसी र राग पौडेलको स्वर तथा सीएल शर्माको संगीत र सन्जिब बराइलीको एरेन्ज छ ।

भिडियोमा जिबी चिरन, निरुता शाही, दिनेश कठायत र दीपक सापकोटा फिचर्ड छन् । भिडियोमा दिनेश पराजुलीको छायांकन, सिर्जन बराल ‘ऋषि’को निर्देशन र अमृत चापागाईंको सम्पादन छ ।

जनता डिजिटल फिल्म्समा पोस्ट प्रोडक्सन भएको भिडियो आहा टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।