कुचु कुचु मीःमा रानी शाक्य

काठमाडौं । पाँच दर्जनभन्दा बढी गीतकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ‘कुचु कुचु मीः’ श्रोता तथा दर्शकमाझ ल्याएकी छन् । गीतलाई शनिबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

कार्यक्रममा नेवाः फिल्म सोसाइटीका अध्यक्ष विराजकाजी राजोपाध्याय, नेपाल भाषाका भिडियो निर्देशक राजन शाही, गीतकार शैलेन्द्र श्रेष्ठ, रमेश जोशी, नेवाः फिल्मका अभिनेता रुपेन्द्र श्रेष्ठ र मोडल बिनु शाक्यको उपस्थिति थियो ।

शैलेन्द्र श्रेष्ठको शब्द, भुपेन्द्र बज्राचार्यको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा प्रहिल कार्कीले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा नेवाः फिल्मका अभिनेता रुपेन्द्र श्रेष्ठ र मोडल बिनु शाक्यको अभिनय रहेको छ । भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी, आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको छ ।

भिडियो रानी शाक्य च्यानलबाट सार्वजनिक गरिएको हो ।