माया गर्नलाईमा सुधीर र गरिमा

काठमाडौं । गायक निसान भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् ।

सार्वजनिक गीतमा प्रदिप चापागाईको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेञ्ज छ ।

शान थापा निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सरिता प्रजापतिको मेकअप, राजीव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ ।

म्युजिक भिडियो गीतकार प्रदिप चापागाईको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।