तिहार लगतै अमेरिकामा थेत्लङ

काठमाडौं । किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक फिल्म ‘थेत्लङ’ को विशेष प्रदर्शन मिति पछि सरेको छ । २०२१ अक्टोवर २ तारिक शनिबार किराँत याक्थुङ चुम्लुङ अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्युयोर्कस्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनिए पनि प्राविधिक कारण फिल्मको रिलिज तिहार पछि सारिएको छ ।

निर्देशक सुब्बाले टिकटसमेत बिक्री, वितरण गरिसकेको भएपनि नेपालीहरुको महान चाड विजया दशमी र तिहारको तयारीसँगै सबैजना व्यस्त हुने र दशै, तिहार मनाउन अधिकांश नेपाल जाने लगायतका विभिन्न कार्यक्रम हुने भएकोले हाललाई विशेष प्रदर्शन रोक्नु परेको बताए ।

उनका अनुसार तिहार सक्के लगतै फिल्म प्रदर्शन हुनेछ । दशंै, तिहार भरी फिल्मको प्रचारप्रसार र टिकटहरु धेरै भन्दा धेरै दर्शक माझ पुराउने र प्रयाप्त मात्रामा दर्शक शुभचिन्तकहरुको सहभागिता गराउने छ ।

परिवर्तित कार्यक्रम मिति अनुसार १४ नोभेम्बर २०२१ शनिबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हल युएसएमा फिल्मको बिशेष प्रदर्शन हुनेछ । फिल्ममा विशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिवाङ, सागर केरुङ, सुखवीर लिम्बलगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्मातामा मनी ताम्लिङ र विराज लिम्बु छन् । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म सिक्किममा छायांकन गरिएको छ । फिल्ममा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बुको रहेको छ ।