उर्वशीलाई युएईको गोल्डेन भिजा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो बोल्डनेससँगै एक्सन र फिटनेसका लागि पनि चिनिन्छिन् । उनी फिल्मसँगै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । यिनै उर्वशीले युएई सरकारको तर्फबाट गोल्डेन भिजा दिएको छ ।

यो कुराको खुलासा उनले सामाजिक सञ्जालबाट गरेकी हुन् । गोल्डेन भिजा पाएपछि उर्वशी यूएईमा आगामी १० वर्षसम्म बस्न सक्छिन् । यसअघि गोल्डेन भिजा व्यापारी, लगानीकर्ता र डाक्टरलाई दिने गरिन्थ्यो । तर हालका दिनमा यो भिजा बलिउडका कलाकारलाई पनि दिइन थालिएको छ ।

‘म पहिलो भारतीय महिला हुँ, जसले १० वर्षका लागि यो गोल्डन भिजा १२ घण्टामै पायो । म धेरै गौरवान्वित र आभारी महशुस गरिरहेकी छु कि मलाई र मेरो परिवारलाई यो गोल्डन भिजाको हिस्सा बनाइयो । युएई सरकार, उसका शासकहरु र सर्वसाधारण्लाई मेरो शुभकामना छ’, उर्वशीले भनेकी छन् । उर्वशी अघि यो भिजा प्रख्यात अभिनेता सञ्जय दत्तले पाएका थिए ।