जोधा अकबर अभिनेत्री मनीषाको निधन

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनको लोकप्रिय शो ‘जोधा अकबर’मा ‘सलीमा बेगम’को भूमिकामा अभिनय गर्ने अभिनेत्री मनीषा यादवको निधन भएको छ । २९ वर्षीया अभिनेत्री गत वर्षमात्र आमा बनेकी थिइन् ।

उनको निधनमा शोकी सहअभिनेत्री परिधि शर्माले शोक व्यक्त गरेकी छन् । परिधि शोमा प्रमुख भूमिकामा थिइन् । परिधिले आफ्नो सामाजिक सञ्जालमा ‘जोधा अकबर’को सेटमा मनीषा यादवको एक पुरानो तस्वीर शेयर गरेकी छन् । ‘यो खबर निकै दुःखद छ । तिम्रो आत्माले शान्ति पाओस् मनीषा’, उनले लेखेकी छन् ।

मनीषाले गत जुलाईमा छोराको पहिलो जन्मदिन मनाएकी थिइन् । मनीषाको के कारणले निधन भएको भन्ने आधिकारिक पुष्टि नभए पनि सञ्चारमाध्यमले उनलाई ब्रेन हेमरेज भएको दाबी गरेका छन् ।