उचाइमा परिणीति नेपाली टुरिष्ट गाइड

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक सुरज बारजत्य बलिउडमा थुप्रै सुपरहिट फिल्म दिने निर्देशकका रुपमा चिनिन्छन् । पारिवारिक फिल्म निर्माणमा पोख्त यी निर्देशकले यसपटक भने अलिक फरक किसिमको एडभेञ्चरस फिल्म ‘उचाइ’ निर्देशन गर्दैछन् । यो फिल्मको नेपालका हिमाली जिल्लामा छायांकन भइरहेको छ ।

फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेञ्जोङपा, परिणीति चोपडा, नीना गुप्ता र सारिकालगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री परिणीति नेपाली टुरिष्ट गाइडका रुपमा देखिँदैछिन् ।

उनले अमिताभ, अनुपम, बोमन र डेनीको साहसी यात्रामा गाइडको काम गर्नेछिन् । फिल्ममा उनको फरक भूमिकाले दर्शक मोहित हुने विश्वास निर्माण पक्षको छ । फिल्म विश्वकै सबैभन्दा खतरनाक एयरपोर्टमा चिनिएको लुक्लामा छायांकन हुनेछ ।

यस्तै १३ हजार फिटको उचाइमा रहेको नाम्चे, ११ हजार फिट उचाइमा रहेको मनाङमा पनि फिल्म सुटिङ हुनेछ ।