युट्युबमा इकुको इकुपिताङ

काठमाडौंँ । दर्शकमाझ ‘इकु’का रुपमा परिचित कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् । ‘इकुपिताङ’को दशैंको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए ।

सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गरेका हुन् । दर्शकले आफ्नो हातमा रहेको मोबाइलबाट पनि हेर्न पाउन भनेर सिधै युट्युवबाट ल्याइएको सुलेमानको भनाई रहेको छ । बालकदेखि वृद्धसम्मले मनपराएको पात्र ‘इकु’ समेटिएको सिरियलको नयाँ नयाँ भाग अबदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउनेछन् ।

सिरियलमा ‘इकु’ को भुमिका सुलेमानै छन् । यस अगाडि पनि अन्य सिरियलमा यो भुमिका उनले नै निर्वाह गरेका थिए । सुलेमानको अलवा सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिनेछ ।

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत सिरियलमा छ । राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन सिरियलमा रहेको छ ।