सुबासको आँखाकै परेलीमा गाजल पोतेकी

काठमाडौ । दशैं छेको पारेर ‘आँखाकै परेलीमा गाजल पोतेकी’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । स्लिम सुबास खड्काको शब्द, संगीत र स्वर रहेको गीत डान्सिङ बिटको छ ।

भिडियोमा स्लिम सुबास खड्का, अस्मिता विकलगायतका कलाकारको अभिनय रहेको छ । भिडियोमा उर्मिला तामाङको श्रृंगार, मदनकश्यप घिमिरेको छायांकन, लिगेश भट्टराईको कोरियोग्राफी र सम्पादन तथा चेतनाथ दंगालको निर्देशन छ ।