काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा काठमाडौंमा आयोजित ‘दशैं क्विन–२०७८’ को उपाधि व्यवसायी अञ्जु बुढाथोकीले जितेकी छन् । त्यसैगरी ब्युटिसियन गीता मगर फस्ट रनरअप र ब्युटिसियन सिर्जना कुँवर सेकेण्ड रनरअप भए ।
लायन्स क्लब अफ काठमाडौं अभियान तथा रोज शिप विकास तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा विजेताहरुले क्राउन, ट्रफी, मायाको चिनो लगायतका उपहारहरु पाएका थिए ।
सौन्दर्यविद सोनी कारंजितको सभापतित्वमा सम्पन्न प्रतियोगितामा लायन रेश्मा श्रेष्ठ, लायन धानु सिंजाली मगर, गेल्मु शेर्पा बुढाथोकी, हरिकृष्ण गिरि, सुन्दर थापा, गीतकार सावित्रा चिलुवाल अतिथि थिए ।
प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर र सञ्चारकर्मी सुर्य चन्द थिए ।