गायिका मञ्जु पौडेललाई मातृशोक

काठमाडौं । लोकगायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा गुल्मीमा निधन भएको हो ।

क्यान्सरबाट ग्रसित भगवतीलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि कार्तिक ४ गते गुल्मी लगिएको थियो ।

भगवतीका तीन छोरी विमला गौतम, मञ्जु पौडेल र इन्दु खनाल तथा दुई छोरा सुरेश ज्ञवाली र गणेश ज्ञवाली छन् । भगवतीको शनिबार नै गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको छ ।