रविन र विन्दुको माया लाउनै जानिनँ

काठमाडौँ । गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वरमा रहेको गीत ‘माया लाउनै जानिनँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेशाले इञ्जिनियरसमेत रहेका गायक बर्तौलाकै शब्द र संगीत गीतमा छ ।

भिडियोमा सुधिर श्रेष्ठ र बिना राउत फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका हुन् ।

अच्युत बजगाईको सम्पादन रहेको भिडियो हाइलाइट्स नेपालबाट बजारमा आएको हो ।