लक्ष्मणलाई सर्वोत्कृष्ट चलचित्र पुरस्कार

काठमाडौं । लामो समय चलचित्र पत्रकारितामा अनवरत क्रियाशिल चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई अधिराज्य मिडिया नेटवर्कले ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ बाट पुरस्कृत गर्ने भएको छ । नेटवर्कले आयोजना गर्न लागेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड २०७८’मा लक्ष्मणलाई नगदसहित पुरस्कृत गरिन लागिएको हो ।

लक्ष्मण चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्षसमेत हुन् । कोरोना महामारीका कारण ठप्प भएको नेपाली फिल्म तथा संगीत क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले नेटवर्कले अवार्ड आयोजना गर्न लागेको हो । त्यसका लागि आयोजक संस्थाले नोमीनेशन फर्म खुल्ला गरिएको जनाएको छ ।

गीत संगीत तथा फिल्म सम्बन्धी बिभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने समारोह कार्तिक २५ गते राजधानीमा आयोजना हुने जानकारी कार्यक्रम संयोजक केवल भुजेलले दिएका छन् । समारोहमा गीतसंगीतका ३० र फिल्मका १४ गरि जम्मा ४४ बिधा छन् । प्रतिस्पर्धात्मक तथा जुरी अवार्डका साथै गीतसंगीत तथा फिल्मका स्रष्टाहरुलाई सम्मान समेत प्रदान गरिने जनाइएको छ ।