सुजिता बनिन् मिस युनिभर्स नेपाल

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी हुन् ।

दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस युनिभर्स नेपाल’ विजेता अंशिका शर्माले उनलाई ताज पहिर्याएकी थिइन् ।

उमङ्ग क्रियसन आयोजक र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रायोजक रहेको प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, डा. केशु खड्का फोर्थ रनरअप घोषित भए ।

विजेता बस्नेत आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए ।

गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् ।