तिहारपछि द भ्वाइस किड्स

काठमाडौं । ६ वर्षदेखि १४ वर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुनेछ ।

‘द भ्वाइस अफ नेपाल र डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो चर्चित रियालिटी शो प्रशारण गरिसकेको हिमालय टीभीले अर्को महत्वकांक्षी रियालिटी शो दर्शकमाझ प्रशारण गर्न लागेको हो ।

यो शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो शो २० भाग प्रशारण हुनेछ । ‘ब्लाइन्ड अडिसन’पछि ब्याटल राउन्ड प्रशारण हुनेछ । अहिले ब्याटल राउन्टको छायांकन भैरहेको छ ।

शोका निर्देशक लक्ष्मण पौडेलले आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि ध्यान दिएको बताए ।

यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।